काठमाडौं । नेकपा (एमाले) ले ११औँ महाधिवेशनका लागि नेपालका १६ दललाई निम्तो पठाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि महेश बर्तौलाले १६ दललाई निम्तो गरिएको जानकारी दिएका हुन् ।
यो पटक विदेशी राजनीतिक दललाई भने निमन्त्रणा गरिएको छैन । विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र मात्रै पठाउन भनिएको उनले जानकारी दिएका हुन् ।
‘यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ। उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ। उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ। विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टीहरू र गैरकम्युनिस्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ’, उनले भने, ‘नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ।’








प्रतिक्रिया