२८ जेष्ठ २०८३, बिहिबार

‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही जन्मिएको छैन’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकार र सरकारबाट पालित पोषित व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष केपी ओलीविरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेका बताएका छन् ।

एमाले महाधिवेशनमा डर र आतंक सिर्जना गर्न एमाले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने हल्ला फिँजाइएको उनले बताए ।

‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही पनि जन्मिएको छैन’, बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै बस्नेतले भने ।

एमाले महाधिवेशन भाँड्नको लागि कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिए ।

‘यदि एमालेको महाधिवेशन भाँड्ने नियतले सडक बन्द गर्न खोजिएको हो भने एमालेका दशौं हजार कार्यकर्ता र भोलेन्टियर जम्मा भएर बाटो खोल्छन्, बाटो थुन्नेहरूलाई त्रिसुलीमा नुहाउन पठाइदिन्छन्, होस् गर्नु’, उनले भने ।

बस्नेतले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको कुनै जग नभएको बताए । ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ, एमालेको महाधिवेशन पछि सुशीला कार्कीको सरकार ढल्छ’, बस्नेतले भने ।

विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पुरा हुन्छ भन्ने कुरा  नसोच्न पनि सुशीला कार्की र लुसिफरहरुलाई उनले चेतावनी दिए । विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उकासी रहेको उनको भनाइ छ ।

एमालेले फेरि पनि बहुमत ल्याएर सरकार बनाउँछ भन्ने कुरा नबिर्सन आग्रह गर्दै उनले फेरि पनि एमालेबाट केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउने दाबी गरे ।

‘एमालेको नीति, नेता ठिक छन् त्यसैले हामीमा घमण्ड होइन, आत्मविश्वास छ’, बस्नेतले भने ।