काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । समितिका संयोजक तथा महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा हालसम्मका तयारी र अब गर्नैपर्ने कामबारे छलफल भइरहेको बताइएको छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिर्पोटिङ गर्नेछन् ।
यसैगरी, महाधिवेशनका लागि बनेका समितिका संयोजकहरुले आ–आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइनेछ ।
एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।








प्रतिक्रिया