काठमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका–१ को कोडिया पुल नजिक दुर्घटना भएको हो ।
घाइतेहरू सबैको अवस्थामा सामान्य छ । उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।








प्रतिक्रिया