काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा आफ्नो आकांक्षा रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सभापति पदप्रति आफ्नो आकांक्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘साथीहरूको जिज्ञासा मेरो धारणा !!! नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म– जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु । साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’








प्रतिक्रिया