काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे–१ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब. पसखल लगायतलाई सिफारिस गरेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ। प्रतिनिधिसभा प्रत्यक्ष तर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब। पसखल, बिदुर बस्नेत, रसिला खनाल (महिला) तथा समानुपातिक तर्फ हर्षजित लामा (आ.ज), ललिता किङरिङ (आ.ज महिला), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग ), बाबुराम गिरी (अल्पसंख्यक) लाई सिफारिस गरिएको हो ।








प्रतिक्रिया