२९ असार २०८३, सोमबार

११औँ महाधिवेशनमा ओली नेतृत्वको निरन्तरता किन र के का लागि ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बचनबहादुर सिंह

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफ्नो ११‍औँ लोकतान्त्रिक महाधिवेशनको तयारीमा जुटिरहेको सन्दर्भमा, यो पार्टीको नेतृत्वको सम्बन्धमा आम देशवासी, पार्टी कार्यकर्ता, एमालेका मतदाता, शुभचिन्तक, राष्ट्रवादी नागरिक र शक्तिहरूको चासो दिनदिनै बढ्दैछ ।

विश्व कम्युनिस्ट आन्दोलनमा, नेपालमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको आदर्श जीवन, कार्यपद्धति र नेपाली माटो सुहाउने कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदा हजारौँ बिघ्न, बाधा, आरोप, प्रतिरोध, टुटफुट, विरोध, धम्की, राजनीतिक कुसंस्कार, विखण्डनवादी सोच, अग्रगमनका नाममा भएका संकीर्ण जातिवाद, क्षेत्रीयतावाद आदि सबैसँग एक्लै भिडेर, बोलेर, जनतालाई जागरूक गराएर, आफू हारे पनि राष्ट्र, राष्ट्रिय स्वाभिमान, अखण्डता र अन्तर्राष्ट्रिय पहिचानलाई जोगाउँदै केपी ओली एमालेको नेतृत्वमा उभिनुभएको छ । तत्कालीन नेपाली सामाजिक परिवेश र परिस्थितिको गहिरो चेतना बोकेका केपी ओली अन्याय, अराजकता र विसंगतिको विरुद्ध सधैं सजग, जागरूक र न्यायप्रेमी रहनुभयो। केपी ओलीले फेरि पनि एमालेको नेतृत्व गर्नुपर्ने कारणहरू निम्न छन्–

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का संस्थापक केन्द्रीय सदस्य

२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा एक साधारण कृषक परिवारमा जन्मनुभएका ओलीले बाल्यकालदेखि नै अभाव, संघर्ष र कठिनाइको अनुभव गर्नुभयो । यही अनुभवले उहाँलाई सामाजिक परिवर्तन र राजनीतिक सक्रियताप्रति प्रेरित गर्‍यो । चार वर्षमै आमा गुमाएर हजुरआमाको संरक्षणमा हुर्किएका ओली २०२३ साल (१५ वर्षको कलिलो उमेरमै) तत्कालीन नेपाली समाजको अवस्था र व्यवस्था सुधार्ने सोचका साथ रामनाथ दाहालको मार्क्सवादी अध्ययन दलमा सदस्य बन्नुभयो । पुष्पलाल श्रेष्ठज्यू र अन्य वरिष्ठ कम्युनिस्ट नेताहरूले सुरु गर्नुभएको नेपाली माटो सुहाउने कम्युनिस्ट आन्दोलन, राजनीतिक संकल्प तथा चेतनाले स्थायी रूपमा प्रभावित भएर उहाँले आफ्नो व्यक्तिगत जीवनका सहज पक्ष र व्यक्तिगत विकासका सम्भावनालाई पछि पार्दै २०२६ माघमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।

२०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष बनेदेखि हालसम्म ओलीले पार्टीको विस्तार, विकास, संगठन सुदृढीकरणमा अहोरात्र कार्य गरिरहनुभएको छ। एकपछि अर्को स्वास्थ्य समस्या देखिए पनि, दृढ इच्छाशक्ति, आत्मविश्वास, जोश र परिवर्तन गर्ने उत्साहका कारण प्रधानमन्त्री ओली आजसम्म पनि नेपाली राजनीतिको केन्द्रमा रहिरहनुभएको छ ।

२०३० सालदेखि (तत्कालीन झापा आन्दोलनपछि) १४ वर्ष जेल जीवन बिताइरहनुभएको ओलीले २०३५ पुसमा जेलमै नेकपा (माले) गठन हुँदा संस्थापकका रूपमा सेवा प्रदान गर्नुभयो । २०४४ सालमा रिहा भई केन्द्रीय सदस्यका रूपमा मनोनयन हुनुभयो र लुम्बिनी इन्चार्जको जिम्मेवारी बहन गर्नुभयो । जनआन्दोलन २०४६ मा सक्रिय भूमिका निर्वाह गर्दै २०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्षको पद ग्रहण गर्नुभयो । त्यसै वर्ष माले–मार्क्सवादी एकीकरणपछि नेकपा (एमाले) का संस्थापक केन्द्रीय सदस्यका रूपमा योगदान पुर्‍याउनुभयो ।

२०४८ सालदेखि निरन्तर संसदीय राजनीतिक अभ्यासमा सक्रिय रहनुभएका ओली २०७२ सालमा आएर पहिलोपटक नेपालको प्रधानमन्त्री बन्नुभयो । २०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष बनेदेखि हालसम्म ओलीले पार्टीको विस्तार, विकास, संगठन सुदृढीकरणमा अहोरात्र कार्य गरिरहनुभएको छ । एकपछि अर्को स्वास्थ्य समस्या देखिए पनि, दृढ इच्छाशक्ति, आत्मविश्वास, जोश र परिवर्तन गर्ने उत्साहका कारण प्रधानमन्त्री ओली आजसम्म पनि नेपाली राजनीतिको केन्द्रमा रहिरहनुभएको छ  ।

जबजका वास्तविक कार्यान्वयनकर्ता, प्रचारक र संस्थागत संरक्षक

“जनताको बहुदलीय जनवाद” (जबज) भन्ने विचारधारा/सिद्धान्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव जननेता मदन कुमार भण्डारीद्वारा पाँचौँ राष्ट्रिय महाधिवेशन (वि.सं. २०४९) मा औपचारिक रूपमा पार्टीको “क्रान्तिको कार्यक्रम” को रूपमा प्रतिपादित गरिएको थियो । पछि यसलाई मार्गदर्शक सिद्धान्तको रूपमा एमालेको विधानमा स्वीकार गरियो । मदन भण्डारी जनताको बहुदलीय जनवादका सैद्धान्तिक प्रतिपादक हुन् भने वर्तमान पार्टी अध्यक्ष केपी ओली हालसम्म अविचलित रूपमा जबजका वास्तविक कार्यान्वयनकर्ता, प्रचारक र संस्थागत संरक्षक हुन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय पद्धति र कम्युनिस्ट आन्दोलनबीच सन्तुलन स्थापित गर्न विकसित भएको जबजको विचारलाई संस्थागत गर्ने सन्दर्भमा ओलीले जनसभाहरू, पार्टी बैठकहरू र लेख–विचारमार्फत जबजलाई “कम्युनिस्ट आन्दोलनको अद्वितीय नेपाली मोडेल” भनेर प्रचार–प्रसार गर्ने काम गर्नुभयो । पार्टीका अन्य धेरै नेताहरूले जबजका मूलभूत विषयवस्तु तथा सान्दर्भिकतामा बारम्बार प्रश्न उठाउँदा वा आक्रमण गर्दा पनि केपी ओलीले मदन भण्डारी फाउन्डेसन र अन्य माध्यमहरूमार्फत जबजलाई आम जनमानसमा पुर्‍याउने कार्य गर्नुभयो । २०७२ सालमा पार्टीका शक्तिशाली अध्यक्ष हुँदा र २०७५ सालमा माओवादी पार्टीसँग मिलेर नेकपा गठन गर्दा पनि केपी ओलीले जबजलाई संयुक्त पार्टीको नेतृत्वदायी सिद्धान्तको रूपमा राख्नुभयो ।

२०७२ को संविधान निर्माणपछि पनि धेरै आलोचक, राजनीतिक विश्लेषक र पार्टीका केही नेता तथा कार्यकर्ताहरूले जबजलाई नकारात्मक रूपमा लिन खोजे पनि, केपी ओली “जबज हाम्रो मूल सिद्धान्त हो, यसलाई परित्याग गर्न सकिँदैन” भन्ने अभिव्यक्ति दिँदै आएका छन् । ओलीले जबजलाई “नेपालमै उत्पादन भएको कम्युनिस्ट सिद्धान्त” भनेर पहिचान दिलाउने, पार्टीलाई बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रमा अडाइराख्ने र संविधान/राजनीतिक अभ्यासमा जीवित राख्ने ठूलो भूमिका खेलेका छन् ।

पार्टी अनुशासन, नीति र संगठनप्रति प्रतिबद्धता

बहुदलीय राजनीतिक व्यवस्थामा पार्टीको नीति, रणनीति र भूमिकालाई सुदृढ, जनप्रिय, समयसापेक्ष र जनोपयोगी बनाउने विषयमा उहाँको सक्रियतामा आजसम्म पनि युवाबय देख्न र अनुभव गर्न सकिने खालको छ । पार्टीको आन्तरिक विवाद समाधान, नीतिगत निर्णय र राजनीतिक एकताको माध्यमबाट मात्रै पार्टीको वैचारिक आधार, कम्युनिस्ट दर्शन र सामाजिक न्यायका मूल्यहरूलाई सुदृढ बनाउने काममा ओलीज्यूको योगदान र नेतृत्व अतुलनीय छ । पार्टीभित्र बेलाबखत देखापर्ने व्यक्तिगत सोच, अहंकार, गोप्य सञ्चार, चरम निराशावादी दृष्टिकोण, असन्तुष्टि, पार्टी विभाजन गर्न खोज्ने द्वन्द्व, झमेला र नेतृत्वमाथि हुने आक्रमणलाई ओलीज्यूले (आफू सामान्य सदस्यदेखि पार्टी अध्यक्ष हुँदा समेत) खुला रूपमा अस्वीकृत गर्दै आउनुभएको छ । नेकपा (एमाले)को आन्तरिक जीवनमा विगतमा धेरै अप्रत्याशित मोडहरू र अप्रिय घटनाहरू आएका छन् । जननेता मदन भण्डारीको अप्रत्याशित निधन, २०५४ सालमा बामदेव गौतमद्वारा गरिएको पार्टी विभाजन, २०५२ सालदेखि २०६३ सालसम्म धेरै कमरेड साथीहरूको माओवादीतर्फ पलायन, सीपी मैनाली र आरके मैनालीको पलायन र अवसरवाद, अशोक रायको प्रवृत्ति र पार्टीभित्र जातिगत सोच, तथा २०७७ सालमा माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमद्वारा एकीकृत एमाले र केपी ओलीमाथि गरिएको आन्तरिक ‘कु’ प्रयासले नेकपा एमाले पार्टीको नियमित जीवन र स्वास्थ्यलाई चुनौतीपूर्ण परिस्थितिमा राख्यो । यी सबै चुनौतीहरूका बाबजुद केपी ओलीले पार्टीलाई मजबुत राख्दै आजसम्म सफलतापूर्वक नेतृत्व गर्नुभएको छ ।

हाल पार्टीभित्र देखा परेको अराजकता, पदलोलुप्ता, नेतृत्वमाथि खुलेआम अवज्ञा, पार्टी प्रणालीप्रतिको अस्वीकृतिलाई केपी ओलीले केही हदसम्म रोक्नुपर्ने पार्टी अध्यक्षको पदीय जिम्मेवारी हो । यसलाई कतिपयले केपी ओलीमाथि गलत रूपमा प्रचार गर्न खोज्नु पार्टीको प्रणालीमाथि खुला चुनौती हो । यी सबै कुराबाट पार्टीलाई संरक्षण गर्दै पार्टीलाई एकतामा लैजान केपी ओली सधैं सक्रिय र सजग हुनुहुन्छ ।

ओलीले कम्युनिस्ट पार्टीमा अनुशासन र पार्टीको नीति तथा निर्णयमा सबै कार्यकर्ताले पालना गर्नुपर्ने भन्ने मान्यता राख्नुहुन्छ। कहिलेकाहीँ पार्टीभित्र अवसरवादी सोच, चिन्ता र व्यक्तिगत चाहना देखिन खोज्दा केपी ओलीले पार्टीको संरक्षणका लागि अन्य विकल्प नभएकाले नचाहँदा नचाहँदै पनि पार्टीको आन्तरिक जीवन बचाउन कठोर निर्णय लिनु परेको हो । हाल पार्टीभित्र देखा परेको अराजकता, पदलोलुप्ता, नेतृत्वमाथि खुलेआम अवज्ञा, पार्टी प्रणालीप्रतिको अस्वीकृतिलाई केपी ओलीले केही हदसम्म रोक्नुपर्ने पार्टी अध्यक्षको पदीय जिम्मेवारी हो । यसलाई कतिपयले केपी ओलीमाथि गलत रूपमा प्रचार गर्न खोज्नु पार्टीको प्रणालीमाथि खुला चुनौती हो । यी सबै कुराबाट पार्टीलाई संरक्षण गर्दै पार्टीलाई एकतामा लैजान केपी ओली सधैं सक्रिय र सजग हुनुहुन्छ ।

आधुनिक नेपालको विकास र प्रगतिका स्वप्नदृष्टा

नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली सदा विकास, स्थायित्व, योजनाबद्ध सोच र दूरदर्शी नेतृत्वका प्रतीकका रूपमा स्मरणीय रहनेछन् । उहाँले अघि सार्नुभएको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय संकल्प व्यवहारमै दिनप्रतिदिन प्रतिफलित हुँदै आएको छ । हालसम्म चार पटकसम्म प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएका ओलीले आफ्ना प्रत्येक कार्यकालमा देशको समग्र विकासका लागि नयाँ सोच, नवीन दृष्टिकोण, योजनाबद्ध कार्ययोजना र स्पष्ट लक्ष्यसहित पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्मलाई समेट्ने गरी विकासको प्रक्रिया अघि बढाउनुभएको छ । तुइन विस्थापनका प्रणेता, सुरुङ मार्गका प्रारम्भकर्ता, रेलमार्ग विकास र विस्तारका नेतृत्वकर्ता, कोभिडपछि देशभरि अस्पताल निर्माणका अग्रदूत, दैलेखलगायत अन्य स्थानमा खानी अन्वेषणका अगुवा केपी ओली आधुनिक नेपालको विकास पिता हुनुहुन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नौबिसे–सितापाइला सुरुङ मार्ग, सिद्धबाबा सुरुङ मार्ग निर्माण, पूर्व–पश्चिम द्रुतमार्ग आयोजना, रेलमार्ग विस्तार, गोदावरी सम्मेलन केन्द्र निर्माण, त्रिवि क्रिकेट मैदान निर्माण, लुम्बिनी सम्मेलन केन्द्र निर्माण तथा सञ्चालन, भूमिहीनलाई लालपुर्जा वितरणजस्ता महत्वपूर्ण पहलहरूले उहाँलाई देशको समर्पित र दूरदर्शी नेतृत्वकर्ताको रूपमा स्थापित गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नौबिसे–सितापाइला सुरुङ मार्ग, सिद्धबाबा सुरुङ मार्ग निर्माण, पूर्व–पश्चिम द्रुतमार्ग आयोजना, रेलमार्ग विस्तार, गोदावरी सम्मेलन केन्द्र निर्माण, त्रिवि क्रिकेट मैदान निर्माण, लुम्बिनी सम्मेलन केन्द्र निर्माण तथा सञ्चालन, भूमिहीनलाई लालपुर्जा वितरणजस्ता महत्वपूर्ण पहलहरूले उहाँलाई देशको समर्पित र दूरदर्शी नेतृत्वकर्ताको रूपमा स्थापित गरेका छन् । तराईमा हुलाकी मार्गको विस्तार, तराई क्षेत्रको शहरीकरण, पालिकादेखि सदरमुकामसम्म पक्की सडक निर्माणजस्ता योजनाको सफल कार्यान्वयनका कारण ओली विकासको पर्यायका रूपमा स्थापित हुनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको योजना तथा संकल्पहरू अनिवार्य रूपमा कुनै न कुनै परिणाममा परिणत भई राष्ट्रलाई लाभान्वित तुल्याउने गरेका छन् । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजना, जुन ओलीजीको अवधारणा थियो, उहाँकै कार्यकालमा सफलतापूर्वक सम्पन्न भएको उल्लेखनीय उदाहरण हो ।

त्यस्तै, दैलेखमा पेट्रोलियम अन्वेषणका कार्यमा उहाँले देखाउनुभएको सक्रियता र प्राप्त सफलताले पनि पुष्टि गर्दछ कि केपी शर्मा ओली साँच्चिकै नेपालको विकासका लागि समर्पित तथा असाधारण क्षमतासम्पन्न नेतृत्वकर्ताका रूपमा उदाएका छन् । एक दूरदर्शी र विकास–मैत्री नेताका रूपमा ओली विकास परियोजनाहरूको योजना निर्माण र सफल कार्यान्वयनमा सधैं अग्रसर रहनुहुन्छ । उहाँको स्पष्ट निर्देशन र नियमित अनुगमनका कारण पोखरा–मुग्लिन सडक, भक्तपुर–धुलिखेल सडक, फास्ट ट्र्याक, कान्ति लोकपथ, नारायणगढ–बुटवल सडक लगायतका परियोजनाहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।

राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमसत्ताको संरक्षक

२०७२ सालमा नेपालको सार्वभौम संसदले बनाएको जनताको संविधानप्रति भारतले खुल्ला रूपमा नकारात्मक प्रतिक्रिया जनाएको थियो । त्यसको परिणाम स्वरूप भारतले नेपालमाथि सजिलै महसुस गर्न सकिने गरी अघोषित नाकाबन्दी थोपरेको थियो । यसले नेपाली राजनीतिज्ञहरूलाई अनावश्यक दबाब, त्रास र भय सिर्जना गर्दै भारतका चासोलाई नेपालको आन्तरिक राजनीतिमा घुसाउन बाध्य पार्ने प्रयास गर्यो । तर केपी ओली दृढ भएर यस्ता अनैतिक कदम विरुद्ध साहसपूर्वक उभिनुभयो र सम्पूर्ण नेपाली नागरिकलाई  राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र एकतालाई जोगाउन एकजुट हुन सफलतापूर्वक आव्हान गर्नुभयो । यदि त्यतिबेला ओलीले संविधान र राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुभएको थिएन भने नेपालले आफ्नो स्वतन्त्र पहिचान र सार्वभौमिकता स्थायी रूपमा गुमाउन सक्थ्यो ।

२०७७ जेठ ७ गते (सन् २०२० मे २०) केपी ओलीको नेतृत्वमा नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरी नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा औपचारिक रूपमा सार्वजनिक गर्यो, जुन एक ऐतिहासिक र निर्णायक कदमका रूपमा लिइन्छ ।

२०७७ जेठ ७ गते (सन् २०२० मे २०) केपी ओलीको नेतृत्वमा नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरी नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा औपचारिक रूपमा सार्वजनिक ग¥यो, जुन एक ऐतिहासिक र निर्णायक कदमका रूपमा लिइन्छ । नेपाल सरकारको पूर्वस्वीकृति बिना भारत र चीनबीच नेपालको सामरिक दृष्टिले महत्त्वपूर्ण भू–भाग लिपुलेख हुँदै गर्ने भनिएको द्विपक्षीय व्यापार सम्झौतासम्बन्धी प्रसङ्गमा, नेपालका प्रधानमन्त्रीको रूपमा ओलीद्वारा हालै सम्पन्न शाङ्घाइ सहकार्य संगठन सम्मेलनमा प्रकट गरिएको सूझबुझपूर्ण प्रतिक्रियाले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रियता संरक्षणमा महत्वपूर्ण उपलब्धि दिलाउने कुरामा आम नेपाली जनतामा दृढ विश्वास छ ।

चीनका राष्ट्रपति शी जिनपिङसँग भएको द्विपक्षीय वार्तालापमा ओलीले प्रष्ट पार्नुभयो कि लिपुलेक सन् १८१६ को सुगौली सन्धिबाट नेपालअन्तर्गत रहेको अभिन्न अङ्ग हो र नेपाल यस मार्गमार्फत चीन–भारतबीच गर्न लागिएको व्यापारिक सम्झौताप्रति असहमत छ । विदेशनीति र राष्ट्रिय सार्वभौमिकताको संरक्षणमा केपी ओलीको यो साहसिक कदम वास्तवमै राष्ट्रियताको विषयमा पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र बीपी कोइरालापछि नेपालका लागि स्पष्ट र महत्वपूर्ण योगदान हो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थितिको सहजकर्ता

केपी शर्मा ओली राष्ट्रिय नेतृत्वमा अत्यन्त सक्षम नेता हुनुहुन्छ । उहाँको दृष्टिकोण, योजना, संलग्नता र उत्साह नै नेपालको राजनीति तथा चलिरहेको सामाजिक परिवर्तन, सुधार र विशाल प्रगतिका मार्गदर्शक बनेका छन् । कानून निर्माण, विकास परियोजना तथा राष्ट्र निर्माणका लागि ओलीले गरेका प्रत्येक साहसी निर्णयहरूले नेपालको विकास र आर्थिक वृद्धिमा ऐतिहासिक प्रभाव पारिरहेका छन् । नेपालको विकास, सुधार, कूटनीतिक सम्बन्धको उचाइ तथा अन्तर्राष्ट्रिय मूल्य सिर्जना र विस्तारका क्षेत्रमा प्रधानमन्त्रीको रूपमा ओलीद्वारा सम्पन्न गरिने प्रत्येक ऐतिहासिक पहल र कार्यले नेपालको पहिचान, प्रतिष्ठा र अन्तर्राष्ट्रिय मूल्यलाई निरन्तर प्रवद्र्धन गर्दै विश्वसामु नेपालको गौरवपूर्ण उपस्थितिलाई अझ दृढ बनाउनेछ ।

ओली सधैं नेपालका छिमेकी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको कूटनीतिक सम्बन्धप्रति सच्चा र इमानदार हुनुहुन्छ । उहाँले नेपालको परराष्ट्र नीति, कूटनीतिक सम्बन्ध, राष्ट्रिय चासो तथा सीमाहरू राम्ररी बुझ्नु भएको छ । विगतका प्रत्येक भ्रमणमा ओलीले नेपालको पहिचान, गौरव र सार्वभौम स्थिति उच्च पार्ने स्पष्ट अडान व्यक्त गर्नु भएको छ । ओलीको दृढ नेतृत्व र स्पष्ट कूटनीतिक दृष्टिकोणले बिस्तारै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो, जहाँ नेपालको अर्थपूर्ण उपस्थिति अनुभूत हुन थाल्यो । परराष्ट्र नीतिको सन्दर्भमा ओलीले भन्नुभएको छ– “हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताको आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।” उहाँको भनाइ – “भौगोलिक रूपमा देश सानो वा ठूलो हुन सक्छ, तर हरेक देशको सार्वभौमसत्ता समान हुन्छ ।” उहाँको कार्यनीति र राष्ट्रप्रेमलाई प्रतिबिम्बित गर्छ ।

ओली सधैं नेपालका छिमेकी राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको कूटनीतिक सम्बन्धप्रति सच्चा र इमानदार हुनुहुन्छ । उहाँले नेपालको परराष्ट्र नीति, कूटनीतिक सम्बन्ध, राष्ट्रिय चासो तथा सीमाहरू राम्ररी बुझ्नु भएको छ । विगतका प्रत्येक भ्रमणमा ओलीले नेपालको पहिचान, गौरव र सार्वभौम स्थिति उच्च पार्ने स्पष्ट अडान व्यक्त गर्नु भएको छ । जब उहाँ प्रधानमन्त्रीको रूपमा पद ग्रहण गर्नुहुन्छ, नेपालले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण ध्यान पाउँछ । स्पेन, चीन र थाइल्यान्डमा भएका उहाँका भर्खरका औपचारिक भ्रमणहरूले नेपालको राष्ट्रिय गर्व र सार्वभौमिकतालाई अन्तर्राष्ट्रिय स्तरमा उच्च स्थानमा पुर्‍याएका छन् ।

ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको तर्फबाट बोल्दा प्रभावशाली राष्ट्रहरूको नेताहरू जस्तै दूरदर्शी र शक्तिशाली वक्तव्य दिनुहुन्छ । उहाँको प्रभावशाली उपस्थिती र आकर्षक आवाजले विश्वव्यापी ध्यान आकर्षित गर्दछ, जसले उहाँ र नेपाल दुवैमा केन्द्रित गराउँछ । आफ्नो स्पष्ट अभिव्यक्ति र प्रभावकारी भाषणमार्फत उहाँले विश्व मञ्चमा नेपालको आवाजलाई अझ बलियो बनाउनुहुन्छ ।

नेपालको राजनीतिक विकास र स्थायित्वका कुशल नेतृत्वकर्ता

बहुदलीय प्रजातन्त्र, लोकतान्त्रिक शासन प्रणाली, सुशासन, विकेन्द्रीकरण, मानवअधिकार संरक्षण, सामाजिक न्याय र सामाजिक सुधारमा सधैं सक्रिय रहँदै केपी ओलीले नेपालको राजनीतिलाई २०७० सालदेखि हालसम्म कुशलतापूर्वक अगाडि बढाउँदै एक परिपक्व, अनुभवी र विवेकी राजनीतिज्ञको रूपमा आफूलाई प्रमाणित गर्नुभएको छ । सरकारको नेतृत्व गर्दा होस् वा सत्ता बाहिर रहँदा पनि केपी ओलीले देशलाई कमजोर बनाउने कार्य हुन दिनुभएको छैन ।

अनावश्यक अवरोध र चुनौतीहरूको बीचमा २०७२ सालमा संविधान पारित गर्न चातुर्यपूर्ण निर्णय लिनु, संविधान निर्माणपछि भारतको नाकाबन्दीविरुद्ध नेपाललाई दृढतापूर्वक उभ्याउनु, नेपालमा अनावश्यक रूपमा बढ्दै गएका जातीय संकीर्णता, सोच र राज्य माग तथा विभाजनलाई सुझबुझपूर्ण तरिकाले नियन्त्रण गर्नु, २०७७ सालमा नेपालको चुच्चे नक्सा पारित गर्नु, चीनसँग बीआरआई पारित गराउनु, चीनसँग ढुवानी सम्झौता गर्नु, भूटानी शरणार्थीको तेस्रो मुलुकमा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्नु, नेपालमा जारी शान्ति प्रक्रियाको अन्तिम टुङ्गोका लागि सत्य निरूपण आयोग र बेपत्ता छानबिन आयोग गठन गर्नु आदिले पुष्टि गर्दछ कि केपी ओली नेपालका एक योग्य र कुशल राजनीतिज्ञ हुनुहुन्छ ।

केपी शर्मा ओली राष्ट्रिय नेतृत्वमा अत्यन्त सक्षम नेता हुनुहुन्छ । उहाँको दृष्टिकोण, योजना, संलग्नता र उत्साह नै नेपालको राजनीति तथा चलिरहेको सामाजिक परिवर्तन, सुधार र विशाल प्रगतिका मार्गदर्शक बनेका छन् । कानून निर्माण, विकास परियोजना तथा राष्ट्र निर्माणका लागि सम्माननीय प्रधानमन्त्री ओलीले गरेका प्रत्येक साहसी निर्णयहरूले नेपालको विकास र आर्थिक वृद्धिमा ऐतिहासिक प्रभाव पारिरहेका छन् ।

राष्ट्र, संविधान र लोकतान्त्रिक प्रणाली बचाउन सक्ने अनुभवी र दृढ नेतृत्व

केपी ओलीको राजनीतिक यात्रा, व्यक्तित्व, पहिचान तथा ऐतिहासिक योगदानलाई सम्मान गर्न र विदेशी चलखेललाई सधैंका लागि अन्त्य गर्न पनि यस पटक केपी ओलीको विजय आवश्यक छ । नेपालको राजनीतिक इतिहासमा राष्ट्रवादी र देशभक्त नेताहरू माथि गलत आरोप लगाएर सड्यन्त्रपूर्वक राजनीतिबाट टाढा पुर्‍याइएको तथ्य हामी सबैलाई थाहा छ । भीमसेन थापाको राजनीतिक अन्त्य, मदन भण्डारीको हत्या, राजा वीरेन्द्रको वंश नै समाप्त पारिएको घटना, र अहिले केपी ओलीमाथि गरिएका अन्यायपूर्ण प्रहार—यी सबै नेपाली इतिहासका कालो यथार्थहरू हुन् ।

सोसल मिडियाको भ्रम, गलत प्रचार, सचेत रूपमा रोपेर फैलाइएका घृणात्मक अभिव्यक्ति, र कम उमेरका जेन–जेडका मन–मस्तिष्कमा वीष घोलेर सत्य र न्यायको पक्षमा दृढ भएर उभिएका केपी ओलीमाथि भद्र २४ गते सुकरातलाई मारिएझैँ हत्या प्रयाससम्म हुन पुग्यो ।

सोसल मिडियाको भ्रम, गलत प्रचार, सचेत रूपमा रोपेर फैलाइएका घृणात्मक अभिव्यक्ति, र कम उमेरका जेन–जेडका मन–मस्तिष्कमा वीष घोलेर सत्य र न्यायको पक्षमा दृढ भएर उभिएका केपी ओलीमाथि भद्र २४ गते सुकरातलाई मारिएझैँ हत्या प्रयाससम्म हुन पुग्यो । एमाले पार्टी विरोधी, अन्तर्राष्ट्रिय षड्यन्त्रकर्ताहरू, स्वतन्त्र देशको प्रधानमन्त्रीले कुन अन्तर्राष्ट्रिय भ्रमण गर्ने, कुन नगर्ने, कोसँग फोटो किच्ने, को सँग परेड नगर्ने भन्ने बौद्धिक आग्रह गर्नेहरूको मिसन पूरा गर्न दिने नाममा, एमालेले आफ्नो सर्वोच्च नेता बिना कुनै गल्ती पार्टीमा गलत काम गर्नु हुँदैन । यदि यस्तै गरियो भने भोलिका दिनमा के नजीर बस्ला ? के एमालेको महाधिवेशन प्रतिनिधिहरू आफ्नो पार्टीको अध्यक्ष आफैं निर्वाचित गर्न सक्षम छैनन्  ? पार्टी अध्यक्षको राजनीतिक गरिमा, कद र आजसम्मको योगदानलाई जीवित राख्दै पार्टीको आन्तरिक एकताको प्रमाण प्रस्तुत गर्न पनि केपी ओलीको जित आवश्यक छ । के हामी केपी ओलीलाई दोस्रो भीमसेन थापाजस्तै बनाउन खोजिरहेका छौँ ? भीड र यसको हावादारी कुराको पछि नलाग्ने केपी ओलीले, वि.सं. २०६३ सालताका सारा जनता र बुद्धिजीवीहरू ‘अब नेपाल माओवादीको बाटो, पथ र नीतिमा जान्छ’ भनी रहेका बेला पनि, ओलीले एक्लो बृहस्पति झैँ ‘माओवादी आन्दोलन गलत हो, गलत थियो र यो आन्दोलन धेरै टिक्दैन’ भन्न छोड्नु भएन । नभन्दै आज माओवादी आन्दोलनको च्याप्टर नेपालबाट क्लोज भयो र नेपाल माओवादी–मुक्त भयो । पहिलो संविधानसभा चुनावमा त्यतिबेला माओवादीले नेपाललाई १४ प्रदेश बनाउने योजना ल्याउँदा केपी ओलीले त्यसलाई अस्वीकार गर्नुभयो र देशलाई खुला जातीय विभाजनतर्फ जानबाट रोक्नुभयो । २०७० सालपछि केपी ओलीले एमाले पार्टीलाई एक सक्षम, निर्णायक पार्टीको रूपमा नेतृत्व गरेर देशलाई २०५२ सालदेखि माओवादीले बिगारेको राजनीतिक संस्कृति, अराजकता र गलत प्रवृत्तिलाई सदाका लागि रोकी दिनुभयो ।

सिङ्गो तराई–एक मधेश, एक प्रदेश, बाँकी नेपालमा जातीय प्रदेश विभाजनको मागलाई केपी ओलीले खुलेर, स्पष्ट र साहसिक रूपमा अस्वीकार गर्नुभयो । यसको बदला एमालेबाट केही जनजाति साथीहरू अशोक रायको नेतृत्वमा पार्टी छोड्नु भयो । एमालेको लागि घाटा हुने भए पनि देशको दीर्घकालीन हितका लागि ओलीजीले यो अवस्था सम्हाल्नुभयो ।

सिङ्गो तराई–एक मधेश, एक प्रदेश, बाँकी नेपालमा जातीय प्रदेश विभाजनको मागलाई केपी ओलीले खुलेर, स्पष्ट र साहसिक रूपमा अस्वीकार गर्नुभयो । यसको बदला एमालेबाट केही जनजाति साथीहरू अशोक रायको नेतृत्वमा पार्टी छोड्नु भयो । एमालेको लागि घाटा हुने भए पनि देशको दीर्घकालीन हितका लागि ओलीजीले यो अवस्था सम्हाल्नुभयो । वि.सं. २०७५ मा प्रचण्डसँग माओवादीसँग मिलेर नेकपा गठन हुँदा, ओलीजीको लोकप्रियता र राष्ट्रिय छवि उच्चतम अवस्थामा हुँदा, महाभारतको अभिमन्यु जस्तै ओलीलाई माधव नेपाल र प्रचण्डको ग्रान्ड डिजाइनमा घेरेर पार्टीबाट हटाउने र प्रधानमन्त्रीबाट खेद्ने काम भयो ।

अमेरिकी राष्ट्रपतिहरू अब्राहम लिंकन र जोन एफ. केनेडी, इजरायलका प्रधानमन्त्री यित्सहाक राबिन, मिश्रका राष्ट्रपति अनवर सादात, भारतका सादगी नेता महात्मा गान्धी, हाइटीका राष्ट्रपति जोभेनल मोइस, र पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनाजिर भुट्टोको हत्या विश्व इतिहासमा आफ्नै नागरिकबाट घटाइएको राजनीतिक आतङ्कका उत्कृष्ट उदाहरण हुन्। केपी ओलीमाथि गरिएको आक्रमण त्यही स्तरको राजनीतिक अपराधको उदाहरण हो । कम्युनिस्ट पार्टीको नाम नै सुन्न नचाहने र यसको नेतृत्वलाई स्वीकार नगर्ने सीमित बुद्धिजीवी, बौद्धिक कहलिएका आत्मवादी नागरिक, मिडिया पर्सन र गैर–कम्युनिस्ट सोचले भरिएका जनताहरूका लागि कम्युनिस्ट पार्टीको नेता बलियो, दीर्घकालीन र प्रभावशाली होस् भन्ने कुरा स्वीकार्य हुन सक्ने अवस्थासम्म नेपालमा हालसम्म छैन ।

जेन्जेड आन्दोलनको नाममा देशमा मचाइएको अराजकता, आपराधिक श्रृङ्खला, बर्बरता–जस्तो अप्रत्याशित अवस्था र आपराधिक चेतपछि नाग्लो अपसलझैँ खुलेका किराना पार्टीहरू पनि एमालेको कुरा काटेर अनावश्यक बसिरहेकै यो समयमा, एमालेले समग्र देशलाई नै नेतृत्व गर्न सक्ने नेतृत्वको छनोट गर्नु अहिलेको आवश्यकता हो ।

कहिल्यै पनि एमाले नभएका, हुन नसक्ने, नचाहने र सधैँ एमालेको विरोधमै बसेर जीवन काटेका हरू रेडियो, टेलिभिजन, सार्वजनिक फोरममा समेत ‘एमालेको पार्टी अध्यक्ष को हुनु उपयुक्त छ भनेर छलफल, प्रश्न–उत्तर र उत्सुकतासहित लागेका वर्तमान परिस्थितिमा एमाले नयाँ नेतृत्वका लागि महाधिवेशन गरिरहेको छ । जेन्जेड आन्दोलनको नाममा देशमा मचाइएको अराजकता, आपराधिक श्रृङ्खला, बर्बरता–जस्तो अप्रत्याशित अवस्था र आपराधिक चेतपछि नाग्लो अपसलझैँ खुलेका किराना पार्टीहरू पनि एमालेको कुरा काटेर अनावश्यक बसिरहेकै यो समयमा, एमालेले समग्र देशलाई नै नेतृत्व गर्न सक्ने नेतृत्वको छनोट गर्नु अहिलेको आवश्यकता हो । केपी ओलीको दृढ व्यक्तित्व, राष्ट्र–केन्द्रित निर्णय, अन्तर्राष्ट्रिय छवि, राजनीतिक क्षमता र टावरिङ् फिगरलाई फुटेको आँखाले पनि देख्न नचाहने व्यक्तिहरू ओलीबिनाको एमालेको कामना गर्दै बसेका छन् । नयाँ पार्टीको नाममा आएका अवसरवादी मण्डले प्रवृत्तिका युट्युब–केन्द्रित राजनीतिक पार्टीहरू र तिनका नेता तथा कार्यकर्ताहरूले एमाले पार्टी र यसका अध्यक्ष आदरणीय केपी ओलीविरुद्ध लाग्नु ओलीजीले देशलाई पछाडि र गलत हातमा जान नदिन लिएका अडानका उपउत्पादन हुन् ।

एमालेका सचेत, अग्रगामी र राष्ट्रवादी कार्यकर्ता, शुभेच्छुक तथा महाधिवेशन प्रतिनिधिहरूले माथि उल्लेखित तथ्यलाई मनन गरी, एमाले पार्टी तथा समग्र मुलुकमाथिका सड्यन्त्रलाई चिर्न, हाम्रा सबै शत्रुहरूलाई परास्त गर्न तथा उनीहरूको कुचेष्टालाई सदाका लागि अन्त्य गर्दै सिङ्गो पार्टीलाई एकताबद्ध राख्न, फेरि पनि केपी ओलीको नेतृत्व वर्तमान अवस्थामा आवश्यक छ ।