३१ असार २०८३, बुधबार

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ । यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।

मात्र १,३९९ रुपैयाँबाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ ।

पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा योजना खरिद गर्न सक्नेछन् । बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डेकेयर सेवा तथा अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्छ । साथै, यस बीमामा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमाा पनि उपलब्ध छ ।

५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध यो योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित छ । ग्राहकहरूले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट आवश्यक विवरण भरी आफ्नो वा आफ्नो परिवारको आवश्यकताअनुसारको कभरेज छनोट गरी इसेवामार्फत भुक्तानी गर्न सक्छन् । भुक्तानी सम्पन्न भएपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुन्छ ।

विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिर्जना हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहारा हेल्थ इन्सुरेन्स प्रभावकारी माध्यम बनेको इसेवाले जनाएको छ । ‘सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत हामी अझ धेरै नेपाली नागरिकसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन प्रतिबद्ध छौँ ।’ कम्पनीले भनेको छ ।

गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम समयावधिमै १०,००० भन्दा बढी ग्राहकहरू लाभान्वित भइसकेका छन् । डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउने उद्देश्यका साथ इसेवाले आफ्नो डिजिटल वित्तीय सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ । बीमा सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न इसेवाले विभिन्न बीमा कम्पनीहरूसँगको सहकार्यमा अन्य थुप्रै बीमा योजनाहरू पनि उपलब्ध गराउँदै आएको छ ।