२ श्रावण २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा अस्पताल र विद्यालयलाई ह्वीलचेयर तथा वाटर प्युरिफायर सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यस कार्यक्रमअन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकीलाई स्थानीय तहमार्फत २६ वटा ह्वीलचेयर उपलब्ध गराएको हो ।

बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङस्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान ह्वीलचेयर हस्तान्तरण गरेको हो ।

यसैगरी, बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३ सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । आगामी दिनहरूमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्‍याउने यस्ता पहललाई अझ प्रभावकारी रूपमा अघि बढाइने बैंकले जनाएको छ ।