काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।









प्रतिक्रिया