२१ असार २०८३, आइतबार

जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका जनार्दन शर्मा (प्रभाकर)लाई कालो झण्डा देखाइएको छ ।

शर्मालाई कार्यकर्ताहरुले सल्ले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।

शर्मा आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन आएका थिए ।