१३ असार २०८३, शनिबार

मधेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शुक्रबार सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले आज बिहान ११ बजे शपथ ग्रहण गर्न लागका हुन् ।

मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्ने तयारी गरेका छन् । उनले सरकारमा सहभागी दलहरुबाट एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवलाई कांग्रेस, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन रहेको छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेसका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।