१३ असार २०८३, शनिबार

जानकी मन्दिरमा १११ मिटरको चुनरी माता सीतालाई अपर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ७ मंसिर । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ । आज सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अपर्ण गरिएको छ ।

जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मुर्तिमा सो चुनरी अपर्ण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार अग्रवालले जानकारी दिए ।

उनले गत वर्ष १०८ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष १११ मिटरको चुनरी चढाएको बताए ।

उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अपर्ण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।

चुनरी अपर्ण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।