१६ असार २०८३, मंगलबार

रास्वपाको समानुपातिक उमेदवार बन्न मोबाइल एपबाटै आवेदन दिन सकिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फको उमेदवार हुन चाहनेले मोबाइल एपबाटै आवेदन दिन सक्ने भएका छन् । रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोबाइल एपमार्फत नै उमेदवारी दिन सकिने गरी आवेदन खुला गरेको हो ।

रास्वपाले योग्यता पुगेका इच्छुक पार्टीका सदस्यहरूलाई रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन आह्वान गरेको छ ।

पार्टीले उमेदवारी दिनका लागि मंसिर २५ गतेसम्मको समयसीमा तोकेको छ । उमेदवार छनोटको मापदण्ड तथा रूपरेखाबारे पार्टीको वेबसाइटमा राखिएको रास्वपाले जनाएको छ ।