
काठमाडौं, ६ मंसिर । अग्रज नेता मोहनविक्रम सिंहले ‘जेनजी’ आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिबार (मंसिर ६) काठमाडौंमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको परिणाम भएको उनले उल्लेख गरे । तर, त्यो आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको उनले आरोप लगाए । अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ ।
उनले जेनजी आन्दोलनको परिणाम र एनजीओ÷आईएनजीओसँग सम्बन्धित व्यक्तिहरू वर्तमान सरकारमा रहेका बताए । विभिन्न पछिल्ला गतिविधिले उनीहरूको चरित्रलाई उदांगो बनाइदिएको सिंहले टिप्पणी गरे ।
उनले कुनै पनि देशको राजनीतिमा मूल भूमिका दलहरूले नै खेल्ने बताए ।









प्रतिक्रिया