१५ असार २०८३, सोमबार

त्रिपुरेश्वरमा जनार्दन शर्माको भेला

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको पहिलो राष्ट्रिय भेला भेला गरेको छ । आज त्रिपुरेश्वरमा भेला गरेको हो ।

भेलामा संयोजक शर्मासहित राम कार्की, सुदन किराँतीलगायत नेता कार्यकर्ताहरू सहभागी छन् । भोलि शर्मा नेतृत्वको अभियान, नेसपा नयाँ शक्ति र रास्वपा छाडेका सन्तोष परियारबीच पार्टी एकता हुँदै छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा‍‍. बाबुराम भट्टराईले शर्मा, परियारसहित विभिन्न पार्टीबाट अलग भएकाहरूलाई एकैठाउँमा ल्याउन पहल गरिरहेका छन् ।

पार्टी एकताको तयारीबारे जानकारी गराउनको लागि शर्माले आज भेला राखेका हुन् । भेलालाई सम्बोधन गर्दै प्रचण्डको अवसरवादी चरित्रकै कारणले माओवादी विघटन भएको आरोप लगाए । भेलालाई अब बन्ने पार्टीको आगामी योजना समेत सुनाए ।