
काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)ले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रमअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा उपत्यकास्तरीय जनप्रदर्शन तथा जनसभा गरिरहेको छ ।
भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।
प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर एमालेले यसअघि कात्तिक २२ गते देशैभरीका वडाहरुमा वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्याली गरेको थियो भने कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्लास्तरीय जनसभा गरेको थियो ।
शीर्ष नेताहरु सहभागी हुने उपत्यकास्तरीय प्रदर्शन एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको हो ।










प्रतिक्रिया