
मकवानपुर, ६ मंसिर । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ ।
शनिबार बिहान ५ बजे ट्रक पल्टिएपछि पूर्ण रूपमा अवरुद्ध भएको सडक केहीसमयअघि सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
दुर्घटनास्थलबाट ट्रक हटाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया