२६ असार २०८३, शुक्रबार

हुम्लाबाट ३५१ कार्टुन अवैध चिनियाँ मदिरा बरामद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा नेपालमा प्रतिबन्धित अवैध चिनियाँ मदिरा बरामद गरेको छ ।

हुम्ला–सिमकोट सडकखण्डको विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त मदिरा मंगलबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

पोखरेलका अनुसार सो मदिरा केही दिनअघि नेपाल ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय हुम्लाले पाएको थियो । यद्यपि, मदिरा कहाँ र कुन अवस्थामा राखिएको छ भन्ने सूचना भने प्रहरीसँग थिएन ।

“हामिले ३/४ दिनअघि नै यो मदिरा हुम्लामा ल्याइएको छ भन्ने सूचना पाएका थियौँ । त्यसको खोजीको निम्ति म आफैँ खटिएको थिएँ,” प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बाह्रखरीसँग भने, “खोज्दै जाँदा हुम्ला–सिमकोट सडक खण्डको विभिन्न ३/४ ठाउँमा नेपालमा प्रतिबन्धित उक्त अवैध चिनियाँ मदिरा ३५१ कार्टुन घाँसले छोपिरहेको अवस्थामा हामिले भेट्टायौँ ।”

बरामद गरेको मदिरा नष्ट गरिने प्रहरीले जानकारी दिएको छ ।