२८ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ।

साधारण सभाले बैंकको संस्थापक सेयरधनीको तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट विश्व प्रकाश गौतम पनि निर्विरोध निर्वाचित भएका छन्।

साधारण सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षे कार्यकालका लागि रोशन केसीलाई पुनः सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

प्रस्तावअनुसार चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश वितरण गरिनेछ। उक्त लाभांश करसहित हुने बैंकले जनाएको छ।

बोनस सेयर वितरणपछि बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारण सभामा बैंकका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।