३ श्रावण २०८३, आइतबार

जेनजी प्रदर्शनका क्रममा फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, १६ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौं कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालर्यतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए । उनलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको बुढथापाले बताए ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागुऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले जनाए ।

प्रवक्ता बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ प्रवक्ता बुढथापाले बताए ।