
काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । आज अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अघ्र्य समेत दिइन् ।
प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा–आराधना गरी अघ्र्य दिइएको छ ।








प्रतिक्रिया