९ कार्तिक २०८३, सोमबार

ग्यास बुलेटको ठक्करबाट श्रीमानको मृत्यु हुँदा श्रीमती र छोरा घाइते

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १० कार्तिक । मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२-०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका-५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो ।

स्कुटरमा सवार उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन् ।

प्रहरीले ग्यास बुलेट र भारतीय चालक ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।