२४ जेष्ठ २०८३, आइतबार

दुर्गा प्रसाईंले गरे उपत्यकाका सीडीओसँग छलफल

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा प्रसाईंले छठपछि गर्ने तय भएको आन्दोलनबारे छलफल भएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, प्रसाईंको आन्दोलनलाई शान्ति सुरक्षामा असर नपर्ने गरी अघि बढाउन सुझाव दिइएको छ। “हामीले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाइने अधिकारबारे उल्लेख गर्दै सोही ढंगले अघि बढ्न भन्यौँ,” घिमिरेले भने ।