काठमाडौं, ९ कार्तिक । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए।
उनले विगतमा मन्त्रीहरूले बोलेर मात्र काम नगर्दा मुलुक बिग्रेको बताएका थिए । गुप्ताले युवाका माग सुनी व्यवहारिक रूपमा कार्यान्वयन गर्न मन्त्रालयको टिमसँग छलफलपछि अघि बढ्ने बताए।
उनले भने, ‘हामीसँग समय र स्रोत दुवै सीमित छन्, त्यसैले गफ होइन—काम गरेरै परिणाम देखाउँछौं।” यस्तै उनले कार्यभार सम्हाल्दै मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन्। नवनियुक्त मन्त्री गुप्ताले भने, ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । र के–के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरी पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छौं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’








प्रतिक्रिया