६ श्रावण २०८३, बुधबार

राजदूत फिर्ता गर्ने निर्णयमा सरकारलाई सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्ने सरकारी निर्णयको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई सुशिला कार्की नेतृत्वको सरकारले २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो। उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

न्यायाधीश विनोद शर्माको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको हो।

फिर्ता बोलाइएका राजदूतहरू रहेका देशहरूमा चीन, अमेरिका, जापान, जर्मनी, कतार, साउदी अरब, इजरायल, स्पेन, रुस, मलेसिया र संयुक्त अधिराज्य छन्।