
काभ्रेपलाञ्चोक, ४ कात्तिक । दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार घाइते मध्ये १ जना गम्भीर छन् ।
दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये गोमा भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ग २ च ३४०० नम्बरको जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाई दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए । प्रहरीका अनुसार घाइतेको च्छो–रोल्पा अस्पताल चरिकोट दोलखामा उपचार भई रहेको छ । गोमा भुजेललाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया