३१ जेष्ठ २०८३, आइतबार

जुम्लामा मार्सी धान भित्र्याउने चटारो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जुम्ला, २ कात्तिक । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।

विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् ।

पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ ।

जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।