१३ असार २०८३, शनिबार

सरकारले हामीलाई तर्साउन खोज्यो : वर्षमान पुन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारले ‘जेनजी’ आन्दोलनलाई अत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन् । शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीका नेता–कार्यकर्ता, विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने कार्य भइरहेको उल्लेख गरे । उनले सरकारले भदौ २३ गतेको जेनजी आन्दोलनमा हत्या, सत्तामा हालीमुहाली गर्ने बिचौलियालाई कारबाही गर्न नसकेको बताए ।

माओवादी केन्द्र र पार्टीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुसन्धानका नाममा तर्साउन खोजिएको उनको भनाइ थियो । उनले यसप्रकारको प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए ।

“हामी निर्वाचनमा जान्छौँ, जनमतमा जान्छौँ, एजेन्डासहित जान्छौँ । हामी जेनजीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौँ,” उनले भने, “तर, यसमा हामीलाई टार्गेट गर्ने, २३ गते त्यत्रा दर्जनौँ नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने बिचौलियाहरूलाई केही नगर्ने, अनि गएर प्रचण्ड कमरेडतिर गएर तेर्साउन खोज्ने ?”

उनले अगाडि भने, “हाम्रा कोही नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौँ । यसप्रकारका बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौँ ।”

उनले माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको बताए । माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न पनि उनले आग्रह गरे ।