२ श्रावण २०८३, शनिबार

झण्डै २ घण्टा ढिला सुरु भयो कांग्रेस बैठक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।

बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ । जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै कार्यालायको पुन निर्माणको छलफल बैठकमा हुनेछ ।

बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपत्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।