२९ जेष्ठ २०८३, शुक्रबार

लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताए ।

उनले नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताए । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने उनको भनाइ छ ।

‘प्रिन्टर व्यवस्थापन लगायतका सबै प्रक्रिया पूरा गर्न कम्तिमा तीन महिना लाग्छ,’ उनले भने । विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोट्र्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।