
काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र)का तत्कालीन सचिव गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।
हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै साहले पार्टीले जनअपेक्षा अनुसार काम नगरेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको बताए ।
साहले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने उल्लेख गरे ।








प्रतिक्रिया