८ श्रावण २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन (तस्वीरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित जावालाखेलमा दोस्रो दिन पनि जारी छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहेको छ ।

हिजो बुधबारबाट सुरु भएको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको जवाफ दिनेछन् ।