३० जेष्ठ २०८३, शनिबार

जेनजीका नाममा स्वार्थ बोकेका व्यक्तिहरुले देशमा विध्वंस मच्चाए : मेयर आचार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ असोज । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजीको नाममा अन्य स्वार्थ बोकेका व्यक्तिहरुले देशमा विध्वंस मच्चाएको बताएका छन् ।

मंगलबार पोखरामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजीहरुको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा मात्र भएको भन्दै यस्तो किसिमको अपराधिक क्रियाकलापमा जेनजीको संलग्नता नरहेको विश्वास व्यक्त गरे ।

उनले भने, ‘चाहे मालपोतमा होस् । चाहे त्यो उपत्यका नगर विकास समिति होस् स्वार्थ पूरा गर्नको लागि क्षति गरे । जेनजीको नाम मात्र हो । जेनजीले यो प्रकारको काम गर्नै सक्दैनन् । उहाँहरुको योजना यस्तो थिएन भनिराख्नु भएको छ । भवनहरु बस्न लायक नछोडी जलाइएको छ, यो खालको अपराधिक काम गर्ने जेनजी होइन् । उहाँहरुको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा थियो ।’

त्यस्तै, उनले पोखराको सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको कार्यालयमा आगजनी हुँदा त्यसको कुनै पनि रेकर्ड आफूहरुसँग नरहेको बताए । यद्यपि सफ्टवेयरहरु बचेको हुँदा धेरै रेकर्डहरु बचाउन सकिने उनको अनुमान छ ।

‘काठमाडौंपछि कास्की जिल्ला धेरै जग्गा जमिन किनेको जिल्ला हुनुपर्छ । यहाँ जतिपनि डकुमेन्टहरु थिए । कास्कीका मात्रै थिएनन् । जसले यहाँ खरिद् बिक्री गर्नुभयो उहाँहरुको पनि डकुमेन्ट थियो । पोखरा महानगरपालिकाकै कुरा गर्दा पनि एक लाख ४८ हजार सात सय २५ घर छ । ती सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको यो कार्यालय आज हामीसँग त्यसको कुनै पनि रेकर्ड छैन् । हाम्रो सफ्टवेयरहरु हामीसँग बचेको हुँदा धेरै रेकर्ड चाँहि बचाउन सक्छौँ होला ।’ उनले भने ।