५ असार २०८३, शुक्रबार

देशमा निर्वाचनको वातावरण नै बनेको छैन : सभापति देउवा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बन्न नसकेको बताएका छन् ।

मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे । उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताएका हुन् ।

‘नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका सुरक्षा निकाय शान्ति सुरक्षाको घेराबन्दीमा छैन, सुरक्षा निकाय मौन र निरीह भएका छन्,’उनले भने ।

उनले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थाबढाइ दलहरुमा हौसला सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले भने, ‘निर्वाचनका लागि शान्ती सुरक्षाको व्यवस्था बढाउन शान्तीपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनी सबैले स्वतस्र्फुत निर्वाचनका भाग लिन हौसला सिजर्ना हुन्छ भन्ने कुरामा यसतर्फ सरकारको ध्यान जाओस ।’

सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेमा देशले ठुलो संवैधानिक फड्को मार्ने उनले बताए । देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका हुन् । सम्बोधनका क्रममा पार्टीको विशेष वा नियमित महाधिवेशनको प्रसंग भने उठाएनन् । सो क्रममा पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छा अनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताए ।

पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा छ ।