काठमाडौं, २८ असोज । जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् ।
केन्द्रीय समिति बैठकमा सहभागी हुन उनी आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । यसैबीच उनले १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै उनले १५औं महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। उनले घरमा सधैँ एक जना मुली नहुने भन्दै १५औं महाधिवेशनबाट आफूबाहेक अन्य व्यक्ति सभापति हुने बताए।









प्रतिक्रिया