२ असार २०८३, मंगलबार

महराको बयान- चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीको रूपमा मात्रै चिनेको हुँ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । सुन तस्करी प्रकरणमा पक्राउ परेको पूर्वसभामुख कृष्णबहादुर महराले दिएको लिखित बयानमा आफूले चिनियाँ नागरिक दाओजिन वाङलाई केवल फलफूल व्यापारीको रूपमा चिनेको र सुन तस्करीमा कुनै संलग्नता नभएको दाबी गरेका छन्।

उनले बयानमा भनेका छन्, म नेपाल सरकारको सञ्चारमन्त्री हुँदा दाओजिन वाङ मेरो बस्ने स्थानमा बधाई दिन आएर मैले उनलाई फलफूल व्यापारी भनेर मात्र चिनेको हुँ। वाङको व्यवसाय गलैंचा, जडीबुटी, खाद्यान्न वा विद्युतीय सामग्री आदिको व्यापार गर्ने विषयमा मलाई कुनै जानकारी छैन । निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन।”

महराले बयानमा २०७९/९/१० मा दुबईबाट ल्याइएको इलेक्ट्रोनिक सिगरेट (भेप) ७३० थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारले नियन्त्रणमा लिएपछि दाओजिन वाङले फोन गरेर सूचना दिएपछि जानकारी लिएको उल्लेख गरेका छन् । उनले भन्सार प्रमुख प्रशासक अरुण पोखरेलसँग फोनमार्फत मात्र सोधेको र कानुनी प्रक्रियाका बारेमा जानकारी लिएर सुझाव मागेको बताए ।

बयानमा महराले आफ्नो छोरा सम्बन्धी कुनै सहयोग मागेको वा परिवारलाई राजनीतिक संरक्षण दिएको विषय स्पष्ट रुपमा अस्वीकार गरेका छन्।