२३ जेष्ठ २०८३, शनिबार

यी हुन् हमासले शव बुझाउन लागेका विपिनसहित चारजना

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । हमासले नेपाली युवक विपिन जोशीसहित चारजना बन्धकको शव आजै इजरायललाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

इजरायल रक्षा बलका अनुसार रेडक्रसका सवारीसाधनहरूको एउटा काफिला हाल गाजाको दक्षिणी भागस्थित हस्तान्तरण स्थलतर्फ अघि बढिरहेको छ ।

जहाँबाट हमासले चार जना बन्धकका शवहरू हस्तान्तरण गर्ने तयारी गरिएको छ। रेडक्रसले ती शवहरूका बाकसहरू गाजाभित्रै रहेका सैनिक क्याम्पमा ल्याउनेछ । त्यहाँ एक सैन्य रब्बीको नेतृत्वमा सानो श्रद्धाञ्जलि समारोह आयोजना गरिनेछ।

सुरक्षाका कारण ती कफिनहरू विस्फोटक निष्क्रियकर्ताले जाँच गर्ने पनि जनाइएको छ । नागरिक बन्धकहरूको शव पहिचानका लागि अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा लगिनेछ भने मारिएका सैनिकहरूको शव शुरा क्याम्पको सैन्य क्याम्पमा लगिनेछ।

अधिकारीहरूका अनुसार शव पहिचानको प्रक्रिया पूरा हुन करिब दुई दिन लाग्न सक्छ। मारिएका बन्धकमा विपिन जोशीसहित गाइ इलौज, योसी शरबी र इजरायली सेनाका अधिकारी क्याप्टेन ड्यानियल पेरेज रहेका छन् ।