काठमाडौं, २७ असोज । निवर्तमान सांसद एवम् एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापाले कुटनीतिक राहदानी फिर्ता गरेका छन् ।
उनले आज संसद सचिवालयमा राहदानी फिर्ता गरेको जानकारी दिएका हुन् ।
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेँ आज’, उनले लेखेका छन्, ‘यसमा नेपाल, बैंकक, अवाजा, तुर्कमिनिस्तान र दुबई भ्रमण अभिलेखबद्ध छ।’
जेनजी आन्दोलनपछि संसद विघटन भएपछि सबै सांसदको पद गुमेको हो ।















प्रतिक्रिया