काठमाडौं, २७ असोज । जेनजी आन्दोलन भड्काएको आरोप लागेका तेन्जेन दावामाथि अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले आज अनुसन्धानका लागि प्रहरीलाई ६ दिनको म्याद दिएको हो । उनीसँगै उनको समूहका अन्य दुईजनालाई पनि ६ दिनको म्याद थप गरिएको छ ।
उनीमाथि अभद्र व्यवहार कसूरमा अनुसन्धान थालिएको छ । सामाजिक सञ्जालमा उनले हतियार बोकेको पनि सार्वजनिक भएको थियो । तर उक्त हतियार भने नक्कली रहेको पुष्टि भएको छ ।








प्रतिक्रिया