काठमाडौं, २७ असोज । टिओबी लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलन भड्काएको आरोप लागेका तेन्जेन दावाले देखाएको हतियार नक्कली भएको पुष्टि भएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेकोमा पेस्तोल नक्कली भएको पुष्टि भएको हो । उनले काठमाडौंको बिजुली बजारको पुलमा पेस्तोल बोकेर बनाएको भिडिओ पनि करिब एक वर्ष पूरानो रहेको अनुसन्धानबाट खुलेको छ ।
उनले टिकटकका लागि नक्कली पेस्तोल बोकेर भिडिओ बनाएको पाइएको हो । उनको साथबाट अन्य पनि नक्कली पेस्तोल भेटिएको बताइएको छ ।









प्रतिक्रिया