काठमाडौं, २७ असोज । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) विरुद्ध पनि अनुसन्धान सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पुनमाथि औपचारिक रूपमा छानबिन थालेको जनाएको छ।
यसअघि उनीमाथि कुनै अनुसन्धान नहुँदा नाम मात्र जोडिएको भन्दै विवाद उठेको थियो। तर हाल सिआइबीले पुनसँगै उनका जेठा छोरा जितेन्द्र पुन र उपराष्ट्रपति पदमा कार्यरत रहँदा सल्लाहकार रहेका जीवन गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको हो।
स्रोतका अनुसार दुई वर्षअघि सार्वजनिक भएको प्रमाणमा जितेन्द्र पुनले चिनियाँ क्षेत्र ताक्लाकोटमा तमसुकका आधारमा करिब ४ किलो सुन बुझेको देखिएको थियो। सोही प्रमाणका आधारमा अहिले सिआइबीले सम्पूर्ण कारोबार शृंखलाको विवरण संकलन गरिरहेको बताइएको छ।
यो अनुसन्धानले सुन तस्करीमा संलग्न उच्च तहका व्यक्तिहरूमाथि पनि कानुनी कारबाहीको दायरा फराकिलो पार्ने संकेत देखिएको छ।








प्रतिक्रिया