२५ असार २०८३, बिहिबार

गगनले भने- केन्द्रीय समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान केन्द्रीय समितिको म्याद थप गर्न नहुने बताएका छन् ।

आजको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले केन्द्रीय समितिको म्याद थप गर्न नहुने र आफूले म्याद थपको प्रस्ताव नलैजाने स्पष्ट पारेका हुन् ।

थापाले भने, ‘यो समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न ।’

देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । कांग्रेस विधान अनुसार एक वर्ष अवधि थप्न सकिने व्यवस्था छ । यस्तै उनले मंसिरमा नियमित महाविधेशन गर्न सकिने नभए विशेष महाधिवेशन गर्न सकिने बताए ।

पार्टीको केन्द्रीय समितिको बैठक असोज २६ गतेका लागि बोलाइएको छ ।