७ श्रावण २०८३, बिहिबार

चारजना डीआईजी एआईजीमा बढुवा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको हो ।

गत असोज १२ गते बसेको बढुवा समितिको बैठकले डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।