भक्तपुर, २३ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि अपराधीको संरक्षण गरेको आरोप लगाएका छन्।
भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा पोखरेलले गृहमन्त्रीले राज्यको नेतृत्व गर्नुभन्दा अपराधीको पक्षमा ढाल बनेर काम गरिरहेको दाबी गरे। उनले भने, “गृहमन्त्री जेलबाट भागेका अपराधीलाई पक्राउ गर्न रोक्छन्, लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्छन्, यस्तो अवस्थामा शान्ति सुरक्षा कसरी कायम हुन्छ ?”
उनले गृहमन्त्रीले प्रहरीको मनोबल उठाउनेभन्दा घटाउने काम गरेको बताए। साथै, संविधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने दलहरूको तयारी भएको स्मरण गर्दै पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण ढंगले अघि बढिरहेको टिप्पणी गरे।
उनका अनुसार सरकारको प्रमुख जिम्मेवारी निष्पक्ष निर्वाचन हो, तर सुरक्षाको प्रत्याभूति नदिलाई र प्रहरीको मनोबल नउठाई चुनावको नाटक गरिँदैछ। उनले चेतावनी दिए, “असोज १८ पछि ज्ञानेन्द्रले जस्तै यो सरकारले पनि वैधता नपाउने चुनावको नाटक मञ्चन गर्दैछ।”










प्रतिक्रिया