भक्तपुर, २३ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले अहिले पार्टी चौतर्फी आक्रमणको सामना गरिरहेका बेला पुनर्गठनको बहस असान्दर्भिक भएको बताएका छन्।
भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक भए पनि अहिले एकताको आवश्यकता बढी रहेको बताएका हुन् । पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनको भनाइ थियो ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ । यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर, अहिले पार्टीभित्र एकताको खाँचो छ’, ढकालले भने ।








प्रतिक्रिया