१३ असार २०८३, शनिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दायर गरेको हो ।

मेसिन खरिदमा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।

भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्।