काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङमाथि गम्भीर आरोप लगाएका छन्।
उनले कुलमानलाई “सबैभन्दा ठूलो भ्रष्टाचारी” भन्दै सम्पत्ति शुद्धीकरणको छानबिन उनीबाटै सुरु गर्न माग गरेका हुन्।
बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “सबैभन्दा पहिले छानबिन कुलमानजीबाट गरौँ। कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन। त्यसपछि रामेश्वर खनालजीबाट सुरु गरौँ, उहाँ पूर्वअर्थ सचिव हुनुहुन्छ, अहिले बालकोटमा बस्नुहुन्छ।”
बस्नेतले सरकारका दुई मन्त्री, रामेश्वर खनाल र कुलमान घिसिङ माथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गर्नुपर्ने माग गर्दै भने, “यदि सत्यतथ्य पत्ता लगाउने हो भने मेरो पनि सम्पत्ति छानबिन गरियोस्, म तयार छु।”







प्रतिक्रिया