२२ असार २०८३, सोमबार

नेपालका यी भूभागबाट बाहिरियो मनसुन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सोमबार (असोज २०) देशका केही स्थानदबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“आज मिति २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको छ,” महाशाखाले सोमबार दिउँसो जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा उल्लेख छ ।

देशमा मनसुनी वायु कमजोर हुँदै गएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।