
बाजुरा, २० असोज । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बाजुराका मनोज साउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका–३ का साउँदको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको हो । गम्भीर घाइते साउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको हो ।
असोज १५ गते राति त्रिवेणी नगरपालिका–२ स्थित छतारास्थित चाल्नेगडा दशैं मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए । सोही झडपमा खुकुरी प्रहारबाट गम्भीर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते साउँदको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा परेका अन्य दुई जना २२ वर्षीय दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको थियो भने १६ वर्षीय तपेश साउँदको दाहिने हातको नाडीमा सामान्य चोट लागेको थियो । उनीहरुको आवस्था सामान्य भए पनि यता साउँको अवस्था भने गम्भीर रहेको छ । उपचारमा आर्थिक सहयोगको समस्या हुँदा यतिबेला उनको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको हो ।
मानव सेवा नै धर्म भएकाले सहयोगी तथा मनकारी भावना भएका व्यक्तिहरुले साउँदको उपचारमा सक्दो सहयोग गर्न आग्रह गरिएको छ । घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी कडाभन्दा कडा सजाय दिन उनीहरुका आफन्तजनहरुले आग्रह गरेका छन् । यता प्रहरीले घटनामा संलग्न केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको र थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।









प्रतिक्रिया